Philippians 4:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले पाउनुपर्नेभन्दा बढ्ता पाएको छु। तिमीहरूले इपाफ्रोडिटसको हातमा पठाइदिएका दानहरू पाएर म तृप्‍त भएको छु। ती दानहरूचाहिँ परमेश्‍वरलाई मनपर्ने सुगन्‍धित र ग्रहणयोग्‍य बलिदान हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले पाउनुपर्नेभन्‍दा बढ़ी नै पाएको छु। इपाफ्रोडिटसद्वारा पठाइदिएका तिमीहरूको मीठो बास्‍ना भएको, र परमेश्‍वरलाई मनपर्दो र ग्रहणयोग्‍य बलिदान पाएर म तृप्‍त भएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले पूरा मोल प्राप्‍त गरेको छु, र यो मेरो लागि पर्याप्‍त छ। मलाई प्रशस्त मात्रामा दिइएको छ; किनकि अहिले इपाफ्रोडिटसको हातमा तिमीहरूले पठाएको भेटी पनि मैले प्राप्‍त गरेको छु। त्यो मिठो बास्‍नादार भेटी, परमेश्‍वरलाई ग्रहणयोग्य र प्रसन्‍न तुल्याउने बलिदान भएको छ।
Nepali ERV (पवित्र बाइबल)
आफूलाई चाइएको जम्मै कुरा मसित छन् र चाहिए भन्दा बडतै पनि भएको छ। इपाफ्रोडाइटसलाई तिमीहरूले पठाएका सौगातहरू लिएर आए यसर्थ मलाई चाहिएको प्रत्येक कुरो मसित छ। तिम्रो भेटी त परमेश्वरलाई अर्पण गरिएको अत्यन्तै सुगन्धित बलिदान रहेछ। परमेश्वरले यो ग्रहण गर्नु हुन्छ अनि यसले उहाँलाई प्रसन्न पार्छ।
Nepali Tamang 2011
एनीगदेसे इपाफ्रोडिटसदा पुइखबा भेटीग्‍याम ङादा तोःतेधोना छ्‌योबा मुला। थे भेटी चा परमेश्‍वरदा सेम निबा बास्‍ना खबा बलि दोबा मुला। थे म्राङ्सी परमेश्‍वर ल्‍हानान ताङ्‍बा मुला।