Philippians 4:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे मेरो भरपर्दो सहकर्मी, यी स्वास्नी-मान्छेहरूलाई सहयोग देओ किनभने तिनीहरूले त सुसमाचार सुनाउन मसँगै दिलोज्यानले काम गरेका छन् अनि मसँग मात्र होइन, तिनीहरूले क्लेमेससँग र अरू जीवनको पुस्तकमा नाउँ हुने मेरा सहकर्मीहरूसँग पनि काम गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विश्वासी सहकर्मी, म तिमीलाई पनि अनुरोध गर्दछु, कि यी स्त्रीहरूलाई मदत गर, किनकि यिनीहरूले मेरो साथसाथै सुसमाचारको काममा क्लेमेससँग र मेरा अरू बाँकी सहकर्मीहरूसँग परिश्रम गरेका छन्, जसका नाउँ जीवनको पुस्तकमा छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मेरो साँचो सहकर्मी, म तिमीलाई पनि बिन्ती गर्दछु, यी स्त्रीहरूलाई मदत गर। तिनीहरूले मसँगै सुसमाचारको निम्ति क्लेमेण्टसँग र मेरा अरू सहकर्मीहरूसँग जोशसँग परिश्रम गरेका छन्, जसको नाम जीवनको पुस्तकमा लेखिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
मेरा साथीहरू, जब तिमीहरूले मसित विश्वासी भएर सेवा गर्यौ मैले तिमीहरूलाई यी दुई स्त्रीहरू जसले मसँग सुसमाचार प्रचार गर्न संर्घष गरे, तिनीहरूलाई सहायता गर भन्छु। मसित खट्ने क्लेमेण्ट र अरूहरूसितै यिनीहरू पनि खटेकाछन्। जीवनको पुस्तकमा तिमीहरूको नाउँपनि राखिएकोछ।
Nepali Tamang 2011
ङाला विश्वास लखम्बा ह्रो, एदा ङाइ चु ताम पाङ्ला, चु म्रिङम्हेमेगदेदा एसे ह्रो लसी पिन्गो। तिग्दा भिसम थेनीगदेसे ङादेन छ्याम थार्बा पिन्बा समाचार थेःना लबा गे लबा मुला। ङादेन छ्याम जे आहिन, क्लेमेस भिबा म्हिदेन ङाला अर्गु ह्रोगदेदेन छ्यामएनोन थेनीगदेसे ढिक्सी गे लबा मुला। परमेश्वरसे थेनीगदे जम्मालान मिन जुकजुकधोनाला जुनी पिन्बारी ह्राङला किताबरी भ्रिसी थान्बा मुला।