Proverbs 11:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै दाम पाउन अन्‍न थुपारेर राखिछोड्‍नेलाई सबैले सराप्‍छन् तर जसले अन्‍न बिक्री गर्छ, सबैले त्‍यसको तारिफ गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अन्‍न लुकाएर भण्‍डार भर्नेलाई मानिसहरूले सराप्‍छन्, तर स्‍वेच्‍छाले बिक्री गर्ने व्‍यक्ति आशिष्‌ले भरपूर हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अन्‍न लुकाएर थुपारी राख्नेलाई मानिसहरूले सराप्छन्, तर ती खुशीसाथ बेच्नेलाई आशिष् दिन्छन्।
Nepali ERV (पवित्र बाइबल)
एकजना मानिस जसले अन्न बेच्न अस्वीकार गर्छ उसले सराप पाउँछ। तर जसले इच्छा र इमान्दारी पूर्वक बेच्छ उसले आशिर्वाद पाउँछ।