Proverbs 11:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रो लक्ष्य असल छ भने तिमीले आदर पाउँछौ तर दुष्ट्याइँ गर्न खोज्छौ भने त्यही कुरा तिमीले पाउनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले भलाइको खोजी गर्छ, उसले सद्भाव पाउँछ, तर खराबीको खोजी गर्नेमाथि खराबी नै आइलाग्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले असल खोज्छ, त्यसले निगाह पाउँछ, तर दुष्टताको खोजी गर्नेहरूमा दुष्टता नै आउँछ।
Nepali ERV (पवित्र बाइबल)
एउटा मानिस जसले असल गर्न चेष्टा गर्छ, ऊ जनप्रिय हुनेछ, तर जसले दुष्ट कर्म मात्र गर्छ उसले पनि खराबी नै सामना गर्नु पर्छ।