Proverbs 15:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मृत्‍यु-लोकले पनि त्‍यहाँका कुरा परमप्रभुदेखि लुकाउन सक्‍दैन, त कसरी एउटा मानिसले उहाँदेखि आफ्‍ना सोचविचार लुकाउन सक्‍छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मृत्‍यु र विनाश परमप्रभुको सामुन्‍ने खुलस्‍त छन्‌ भने, मानिसको हृदय झन्‌ कत्ति खुलस्‍त होला।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मृत्यु र विनाश दुवै याहवेहको सामु खुलस्त रहन्छन्; मानिसको हृदय झन् कति खुलस्त होला!
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले प्रत्येक कुरा जान्नु हुन्छ, मृत्युको संसार नै उहाँको सामुन्ने रहेकोछ। यसर्थ मानिसको हृदयमा के छ उहाँ सबै जान्नु हुन्छ।