Proverbs 19:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गरीब मानिसका आफ्‍ना दाजुभाइहरूले पनि वास्‍ता गर्दैनन् किनकि त्‍यसको कोही मित्र हुँदैन। त्‍यसले जति नै चेष्‍टा गरे पनि एउटै साथी पाउँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गरीब मानिस आफ्‍ना सबै आफन्‍तहरूबाट त्‍यागिन्‍छ, त्‍यसका मित्रहरूले त झन्‌ कत्ति बेसरी त्‍यसलाई त्‍याग्‍लान्‌! त्‍यसले बिन्‍तीभाउ गर्दै तिनीहरूका पछि लागे पनि, तिनीहरू कहीँ फेला पर्दैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गरिब मानिस आफ्नै नातेदारहरूद्वारा घृणा गरिन्छ, त्यसका मित्रहरू झन् त्यसबाट कति टाढा रहलान्! त्यसले बिन्तीभाउ गरी तिनीहरूका पछि लागे तापनि तिनीहरू केही प्रतिक्रिया दिँदैनन् ।
Nepali ERV (पवित्र बाइबल)
गरीब मानिस सित आफन्तहरू पनि टक्‌टकिन्छन्। साथी भाइहरू पनि त्यस गरीब मानिस देखि पर-पर बस्न चाहन्छन्। उसले जति नै बिन्ति गरोस् कसैले सहायता गर्दैन।