Proverbs 20:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै मद्य पिउनेले होहल्‍ला गर्छ र मूर्खता देखाउँछ। मताहा हुनु मूर्खता हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाखमद्य उपहास गर्ने हो, र मदिराचाहिँ कचिङ्गल मच्‍चाउने हो, यी कुराहरूको लतमा रुमलिनेहरू बुद्धिमान्‌ हुँदैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दाखमद्य उपहास हो, र कडा मद्यपान हल्‍ला हो; यी कुराहरूका लतमा लागेकाहरू बुद्धिमान् हुँदैनन्।
Nepali ERV (पवित्र बाइबल)
दाखरस उपहास गरिने बस्तू हो, निगार चाहिँ एउटा झगडा ल्याउने चीज हो। जो यसको प्रभावमा पर्छ ऊ ज्ञानी हुने छैन।