Proverbs 20:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै पनि मूर्खले विवाद सुरु गर्न सक्छ, त्यसबाट अलग्गै रहनु मानवीय कुरा हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कलह नचाहनु मानिसको निम्ति आदरणीय कुरो हो, तर हरेक मूर्खचाहिँ कलह मच्चाउनमा छिटो हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
झगडाबाट अलग्गै रहनु मानिसका निम्ति सम्मानको कुरा हो; तर हरेक मूर्खचाहिँ झगडा मच्चाउनमा छिटो हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
झगडा गर्न अस्वीकार गर्ने मानिस आदरणीय हुनेछ तर मूर्ख मानिस त सदैव झगडाको लागि तत्पर रहन्छ।