Proverbs 24:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो मेरो काम होइन भनी भनौला तर परमेश्वरले तिम्रो मन जान्नुहुन्छ र त्यसको जाँच गर्नुहुन्छ। तिम्रो रक्षा गर्नुहुनेले जान्नुहुन्न र? तिम्रो कामअनुसार उहाँले तिमीलाई इनाम दिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि तँ भन्छस्, “हामीलाई त यसबारे केही थाहै भएन,” के हृदय जाँच गर्नुहुनेले यो कुराको ख्याल राख्नुहुन्न र? तेरो जीवन रक्षा गर्नुहुनेलाई यो कुरा थाहा हुँदैन र? के उहाँले हरेक व्यक्तिलाई त्यसको कामअनुसार बदला दिनुहुन्न र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमी भन्छौ, “तर हामीलाई त यसबारे केही थाहै पाएनौँ”, तब हृदयका कुरा नाप्नुहुनेले के त्यो कुरा जान्नुहुन्न र? तिम्रो जीवन सुरक्षित राख्नुहुनेले त्यो जान्नुहुन्न र? के उहाँले हरेकलाई त्यसको कामअनुसार बदला लिनुहुनेछैन र?
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीले भन्छौ “हेर, हामीहरूलाई यो कहिल्यै थाहा थिएन” के उहाँ जसले मानिसहरूको हृदयहरूलाई जाँच गर्नु हुन्छ यो सत्यतालाई जान्नु हुन्न र? उहाँ जसले मानिसहरूको आत्माहरूलाई पहारा दिनु हुन्छु यसको बारेमा जान्नु हुन्न र? अनि उहाँले प्रत्येक मानिसलाई उसको काम अनुसार दण्ड दिनुहुनेछ। -26-