Proverbs 28:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मी मानिसहरूले अधिकार पाउँदा सबै खुसी हुन्छन् तर दुष्ट मानिसहरूले अधिकार पाउँदा मानिसहरू लुक्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धर्मीको विजय हुँदा ठूलो खुशीयाली हुन्छ, तर दुष्ट सत्तामा पुग्दा मानिसहरू लुक्न थाल्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धर्मी जनहरू विजय हुँदा ठूलो खुशीयाली हुन्छ; तर दुष्टहरू उच्च पदमा पुग्दा मानिसहरू लुक्न थाल्छन्।
Nepali ERV (पवित्र बाइबल)
जब सज्जन मानिसहरूले जितछन्, विजय हुन्छ र सबै खुशी हुन्छन, तर जब दुष्ट मानिसहरूको हातहरूमा शक्ति जान्छ मानिसहरू आफैं लुक्छन्।