Proverbs 3:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्टहरूमाथि आँधी आएझैँ अचानक आइलाग्ने विपत्तिहरूको डर तँलाई हुनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुष्टहरूमाथि एक्कासि आइलाग्ने विपत्ति वा सर्वनाशसँग तँचाहिँ नडरा,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीलाई अचानक आउने विपत्तिको अथवा दुष्टमाथि आइपर्ने विनाशको डर हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
तिमी आकस्मिक विनाशमा कहिल्यै नडराउनु अथवा जुन विनाशमा दुष्ट मानिसहरू फँसिन्छन् त्यसमा कदापि नडराउनु।