Proverbs 8:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसले मेरा कुरा सुन्छ, जो मेरो ढोकामा दिनहुँ आउँछ र जसले मेरो घरको प्रवेशद्वारमा पर्खिबस्छ, त्यो खुसी हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यही मानिस सुखी हो, जसले मेरो वचन सुन्छ, जो दिनहुँ मेरो ढोकामा नियालेर हेर्दै, मेरो ढोकानेर पर्खिरहन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो मानिस धन्य हो, जसले मेरा वचन सुन्छ, जो दिनदिनै मेरा ढोकाहरूमा नियालेर हेर्दै, मेरो ढोकाको छेउमा पर्खिरहन्छ।
Nepali ERV (पवित्र बाइबल)
जुन मानिसले मेरो कुरा सुन्छ, त्यही मानिस नै भाग्यमानी हुनेछ, जसले दिनहुँ मेरो ढोकामा आँखा लगाइरहन्छ, जसले मेरो ढोकाको सङ्घार पर्खिरहन्छन्। तिनीहरूनै धन्य हुन्छन्।