Psalms 1:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो खोलाका छेउमा उम्रेको ठीक समयमा आफ्‍नो फल दिने र पात पनि नओइलिने रूखजस्‍तो हुन्‍छ। त्यसले जुन कुरामा हात लाउँछ, त्‍यसमा सफल हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो खोलाको किनारमा रोपेको बोटजस्‍तै हुन्‍छ, जसले आफ्‍नो ऋतुमा फल दिन्‍छ, अनि जसको पात कहिल्‍यै ओइलाउँदैन। त्‍यसले जे पनि गर्छ, त्‍यसमा त्‍यो सफल हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू नदीको किनारमा रोपेको रूखजस्तै हुन्छन्, जसले आफ्नो ऋतुमा फल दिन्छ; र जसको पात कहिल्यै ओइलाउँदैन; तिनीहरूले जे काम गर्छन्, त्यसमा सफल हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
यसकारण त्यो मानिस खोलाको पानीले सिंचेको रूख जस्तै बलियो हुन्छ ऊ ठीक समय फल दिने रूख सरह हो। ऊ पातहरू भएको रूख जस्तै हो जो मर्दैन उसले गरेको प्रत्येक काम सफल हुन्छ।