Psalms 10:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्‍ट मानिस सबै काममा सफल हुन्‍छ। त्‍यसले परमेश्‍वरको न्‍यायलाई बुझ्‍न सक्‍दैन, त्‍यसले आफ्‍ना शत्रुहरूको खिसी गर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका कामकाजमा त्‍यो सधैँ सफल हुन्‍छ। त्‍यो अभिमानी हुन्‍छ, र तपाईंका विधिहरू त्‍यसबाट टाढ़ा हुन्‍छन्‌। आफ्‍ना सबै शत्रुहरूको त्‍यसले उपहास गर्दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्‍टहरूका योजनाहरू सधैँ सफल हुन्छन्; तपाईंका विधिहरू तिनीहरूले इन्कार गर्छन्; तिनीहरूले आफ्ना सबै शत्रुहरूको उपहास गर्दछन्।
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिसहरूले सधैं नराम्रा कामहरू मात्र गर्दछन्। तिनीहरूले परमेश्वरको विधिहरू र ज्ञानीको शिक्षामा ध्यान दिंदैनन्, परमेश्वरका शत्रुहरूले उहाँका शिक्षाहरूलाई अस्वीकार गर्छन्।