Psalms 10:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसले आफैंलाई भन्‍दछ, “म कहिले असफल हुनेछैनँ, मलाई कहिल्‍यै कष्‍ट हुनेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले आफ्‍नो मनमा सोच्‍छ, “कुनै कुरोले मलाई हल्‍लाउन सक्‍नेछैन, म सधैँ सुखी हुनेछु र मलाई कुनै कष्‍ट आइपर्नेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आफ्नो मनमा भन्छन्, “हामीलाई कुनै पनि कुराले हल्‍लाउन सक्नेछैन।” तिनीहरूले अडान लिन्छन्, “हाम्रो कुनै पनि पुस्तामा विपत्ति आइपर्नेछैन।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले सोच्छन् तिनीहरूमाथि केही पनि नराम्रो हुन सक्तैन। तिनीहरू भन्छन्, “हामीमा मज्जा गर्नेछौ र हामी कहिल्यै दण्डित हुनेछैनौं।”