Psalms 10:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
निर्दोष मानिसहरूलाई मार्न त्यो गाउँ-गाउँमा लुकिबस्छ। शिकार बनेका ती असहाय मानिसहरूको त्यसले खोजी-नीति गर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गाउँ-गाउँकै नजिक त्यो ढुकिबस्छ। ढुकेर बसेका ठाउँहरूमा त्यसले निर्दोषहरूको हत्या गर्छ। त्यसले दु:खीहरूलाई लुकी-लुकी चियो गरिराखेको हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू गाउँहरूकै छेउमा ढुकिबस्छन्; पर्खेर निर्दोषहरूको हत्या गर्दछन्। तिनीहरूका आँखा असहायहरूलाई गुप्त स्थानहरूमा खोजिरहन्छ।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरू गुप्त ठाउँमा लुकेर बस्दछन् र मानिसहरू पक्रन पर्खी रहन्छन। तिनीहरू लुक्छन् र मानिसहरूलाई घात पुर्याउन खोजिरहेका हुन्छन्, तिनीहरूले निर्दोष मानिसहरूलाई पनि मार्दछन्।