Psalms 101:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा चालचलन निष्‍कलङ्क हुनेछन्‌, कहिले तपाईं मकहाँ आउनुहुनेछ? म आफ्‍नो घरमा पवित्र जीवन बिताउनेछु,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म निर्दोष जीवन बिताउनलाई होशियार रहनेछु। तपाईं मकहाँ कहिले आउनुहुने? म आफ्‍नो घरभित्र शुद्ध आचरणको जीवन बिताउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म निर्दोष जीवन बिताउनलाई होसियार रहनेछु, तपाईं मकहाँ कहिले आउनुहुनेछ? म निर्दोष हृदय लिएर आफ्नो घरको कामकाज गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
म सतर्कतासाथ शुद्ध जीवन जिउनेछु। म मेरो घरमा शुद्ध प्रकारले जिउनेछु। परमप्रभु तपाईं मकहाँ कहिले आउनुहुनेछ?