Psalms 102:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू हराइजानेछन्, तर तपाईं रहिरहनुहुनेछ, तिनीहरू लुगा-फाटाजस्तै फाटिजानेछन्। कपडा फालेझैँ तपाईंले फाल्नुहुनेछ र तिनीहरू हराउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू नष्ट हुनेछन्, तर तपाईं रहिरहनुहुन्छ, तिनीहरू सबै वस्त्रझैँ थोत्रा भइजानेछन्। लुगा फेरेझैँ तपाईंले तिनीहरूलाई फेर्नुहुनेछ, र ती फालिनेछन्!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू नाश भएर जानेछन्, तर तपाईंचाहिँ रहिरहनुहुन्छ; तिनीहरू कपडाझैँ सबै फाटेर जानेछन्। लुगा फेरेझैँ तपाईंले तिनलाई फेर्नुहुनेछ, र ती फालिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
संसार र यो आकाश समाप्त होला तर तपाईं सर्वदा रहनु हुनेछ। तिनीहरूले लुगाहरू खोले जस्तै गर्नेछन्, अनि लुगाहरू जस्तै, तपाईं तिनीहरूलाई परिवर्तन गर्नुहुनेछ। तिनीहरू सबै परिर्वतिन हुनेछन्।