Psalms 102:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि अनिद्राले म जागै रहन्छु, घरको धुरीमा भएको एकलो चराझैँ छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनिद्राले म जागा बस्छु, धुरीमाथिको एकलो चरोजस्तो भएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनिद्राले गर्दा म जागा रहन्छु; म छानामाथिको एकलो चरोझैँ भएको छु।
Nepali ERV (पवित्र बाइबल)
म सुत्न सक्दिन। म छानामा भएको एउटा एक्लो चरो जस्तो छु।