Psalms 104:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले गाई-वस्‍तुको लागि घाँस-पात र मानिसको लागि बनस्पति उमार्नुहुन्‍छ र मानिसले अन्‍नबालीको उब्‍जनी गर्न सक्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले गाईबस्‍तुका निम्‍ति घाँस, अनि मानिसहरूका निम्‍ति रूखपात उमार्नुहुन्‍छ, र जमिनबाट आहार ल्‍याउनुहुन्‍छ:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले गाईबस्तुका निम्ति घाँस, र मानिसले खेतबारीमा परिश्रम गरोस् भनी बोटबिरुवा उमार्नुहुन्छ; र जमिनबाट आहारा ल्याउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले पशुहरूको आहारको निम्ति घाँस उमार्नु भयो। उहाँले हामीलाई सागपातहरू रोप्नलाई दिनुभयो। जसलाई हामी हुर्काउने काम गछौं। ती सागपातहरूले पृथ्वीदेखि हामीलाई भोजन दिन्छन्।