Psalms 104:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु, तपाईंले यति धेरै चीजहरू बनाउनुभएको छ, कस्तो महान् बुद्धिले तपाईंले ती सबै बनाउनुभयो, तपाईंको सृष्टिले यो पृथ्वी भरिएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, तपाईंका कार्यहरू अनेक छन्, आफ्नो बुद्धिमा तपाईंले ती सबै रच्नुभयो। तपाईंले सृष्टि गर्नुभएका यावत् थोकले पृथ्वी परिपूर्ण छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, तपाईंले कति धेरै जीवित प्राणीहरू बनाउनुभएको छ! ती सबै तपाईंले आफ्ना बुद्धिले बनाउनुभएको छ; पृथ्वी तपाईंको सृष्टिले भरिपूर्ण छ।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, तपाईंले धेरै चकित थोकहरू गर्नुभयो। पृथ्वी त्यही थोकहरूले भरिपूर्ण भई भरिएको छ। हामी जताततै प्रत्येक थोकमा तपाईंको बुद्धिमता देख्छौं।