Psalms 106:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब परमेश्वरले ती आफ्ना प्रजालाई नाश गर्ने काम गर्नुभयो, तब उहाँको चुनिएका सेवक मोशा खडा भएर तिनीहरूलाई परमेश्वरको क्रोधबाट नष्ट हुनदेखि बचाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण उहाँले तिनीहरूलाई नाश गर्छु भन्नुभएको थियो, तर उहाँको विनाश पार्ने क्रोध हटाउनलाई उहाँका चुनिएका जन मोशा उहाँको सामुन्ने खड़ा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण उहाँले तिनीहरूलाई नाश गर्छु भन्नुभयो। तर उहाँका चुनिएका जन मोशा तिनीहरूलाई नाश पार्ने उहाँको क्रोध हटाउनलाई उहाँको सामु खडा भए।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले ती मानिसहरूलाई नष्ट गर्न चाहनु हुन्थ्यो। तर परमेश्वरले चुन्नु भएको दास मोशाले, बाटो छेके। परमेश्वर अत्यन्त रिसाउनु भयो, तर मानिसहरूमाथि परमेश्वरको रीस रोक्नुको निम्ति मोशाले बाटोहरू बन्द गरिदिए। यसैले परमेश्वरले मानिसहरूलाई नष्ट गर्नु भएन।