Psalms 106:47 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, हाम्रा परमेश्वर, हामीलाई बचाउनुहोस् र जाति-जातिका बीचबाट हामीलाई फर्काई ल्याउनुहोस्, तब हामी धन्यवादी हुनेछौं र तपाईंको पवित्र नामको प्रशंसा गर्नेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु हाम्रा परमेश्वर, हामीलाई बचाउनुहोस्। तपाईंको पवित्र नाउँमा धन्यवाद चढ़ाऊन्, र तपाईंको प्रशंसामा गौरव गरून् भनेर, हामीहरूलाई जातिहरूका बीचबाट एकत्र गर्नुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह हाम्रा परमेश्वर, हामीलाई बचाउनुहोस्, र जाति-जातिहरूबाट हामीलाई एकत्र गर्नुहोस्! ताकि हामी तपाईंको पवित्र नाममा धन्यवाद चढाउन सकौँ, र तपाईंको प्रशंसा गर्दै महिमा दिन सकौँ!
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, हाम्रा परमेश्वर, हाम्रो उद्धार गर्नुहोस्। परमेश्वरले ती राष्ट्रहरूबाट फर्काई हामीलाई ल्याउनु भयो। यसकारण हामीले उहाँको पवित्र नाउँको गुण-गान गर्न सक्यौं। यसकारण हामीले उहाँ प्रति गुण-गान गर्न सक्यौ।