Psalms 106:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रमा हाम्रा पुर्खाहरूले परमेश्वरका उदेकका कामहरू बुझेनन्, धेरै चोटि उहाँले तिनीहरूलाई देखाउनुभएको प्रेम तिनीहरूले भुले र लाल समुद्रमा तिनीहरूले सर्वशक्तिमान् परमेश्वरको विद्रोह गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा पुर्खाहरूले मिश्रदेशमा छँदा तपाईंका आश्चर्यकर्महरूको ख्यालै गरेनन्, तपाईंको प्रशस्त करुणा तिनीहरूले सम्झेनन्, र लाल समुद्रको किनारमा तिनीहरूले सर्वोच्च परमेश्वरको विद्रोह गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा पितापुर्खा इजिप्टमा हुँदा, तिनीहरूले तपाईंका अचम्मका कामहरूको वास्तै गरेनन्; तिनीहरूले तपाईंको अपार दयाको सम्झना नै गरेनन्; र लाल समुद्रको किनारमा तिनीहरूले तपाईंको विद्रोह गरे।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, तपाईंले गर्नु भएका आश्चर्यकामहरूबाट मिश्रमा हाम्रो पुर्खाहरूले केही पनि सिकेनन्। त्यहाँ लाल समुद्र द्वारा, हाम्रा पुर्खाहरू तपाईंका विरूद्ध उपस्थित भए।