Psalms 110:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीले आफ्ना शत्रुहरूसँग लडाइँ गरेका दिनमा तिम्रा प्रजाहरू आफैं अघि बढिजानेछन्। सबेरै बिहानका शीतजस्ता तिम्रा युवाहरू तिमीकहाँ पवित्र पहाडमा आउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंका युद्धको दिनमा तपाईंका प्रजाले स्वेच्छासाथ आफू-आफूलाई दिइहाल्नेछन्। तपाईं पवित्रताको वैभवमा सुशोभित भई, प्रभातको गर्भबाट तपाईंका जवानहरूको ओसलाई तपाईंले प्राप्त गर्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंका युद्धको दिनमा तपाईंका प्रजा राजीखुशीले तयार हुनेछन्। पवित्रताको वैभवमा सुशोभित भई, तपाईंका जवानहरू बिहानीको गर्भबाट निस्केको शीतझैँ तपाईंकहाँ आउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
जब तिमीले आफ्ना सैन्यहरूसँगै भेला गर्नेछौ तिम्रो मानिसहरू स्वयंसेवक हुनेछन्। तिनीहरूले आफ्नो विशेष पोशाकहरू लगाउनेछन्। अनि विहानै एका-अर्कासित भेट हुनेछ। ती युवा पुरूषहरू भूइँमा शीत परे जस्तै तिम्रो वरिपरि हुनेछन्।