Psalms 111:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुलाई आदर दिनु बुद्धिको बाटो लिनु हो। उहाँले आफ्ना आज्ञा मान्नेहरूलाई ठीक समझशक्ति दिनुहुन्छ। उहाँको प्रशंसा सधैँभरि हुनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको भय बुद्धिको सुरु हो, उहाँका आदेशहरू पालन गर्नेहरूको समझशक्ति ठीक हुन्छ, उहाँको प्रशंसा सधैँभरि रहिरहन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको भय नै बुद्धिको सुरुवात हो; उहाँका विधिहरू पालन गर्नेहरू सबैले ठिक समझशक्ति पाउँछन्। उहाँको प्रशंसा अनन्तसम्म भइरहनेछ।
Nepali ERV (पवित्र बाइबल)
ज्ञान परमेश्वरको भय र आदरबाट प्रारम्भ हुन्छ। मानिसहरू जसले परमेश्वरलाई मान्दछ उनीहरू ज्ञानी हुन्। स्तुति प्रशंसाहरू परमेश्वर प्रति सर्वदा गाइनेछ।