Psalms 111:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले आफ्‍ना प्रजालाई छुटकारा दिनुभयो र तिनीहरूसँग एउटा अनन्‍त करार बाँध्‍नुभएको छ। उहाँ पवित्र र सामर्थी हुनुहुन्‍छ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले आफ्‍ना मानिसहरूका निम्‍ति उद्धार उपलब्‍ध गराउनुभयो, उहाँले आफ्‍नो करार सदा स्‍थिर रहोस्‌ भनी आज्ञा गर्नुभयो। उहाँको नाउँ पवित्र र भययोग्‍य छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले आफ्ना प्रजाको निम्ति छुटकारा उपलब्ध गराउनुभयो; उहाँले आफ्नो करार सदाकालको निम्ति स्थिर होस् भनी आज्ञा दिनुभयो— उहाँको नाम पवित्र र भययोग्य छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले आफ्ना मानिसहरूलाई बचाउनु भनी कसैलाई पठाउनु भयो। परमेश्वरले तिनीहरूसँग एउटा करार गर्नुभयो जुन सर्वदा रहने छ। परमेश्वरको नाउँ पवित्र र भययोग्य छ।