Psalms 118:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु परमेश्‍वर हुनुहुन्‍छ, उहाँले हामीमाथि भलाइ गर्नुभएको छ। हातमा हाँगाबिंगा लिएर चाड मनाउन सुरु गर र वेदीको चारैतिर फेरो लाओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ, र उहाँले हामीमाथि आफ्‍नो प्रकाश चम्‍कन दिनुभएको छ। हातमा स्‍याउला लिएर शोभायात्रामा वेदीका सीङहरूसम्‍म हर्षसाथ जाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह नै परमेश्‍वर हुनुहुन्छ; र उहाँले आफ्नो ज्योति हामीमाथि चम्काउनुभएको छ। हातमा स्याउला लिएर शोभायात्रामा सहभागी होओ, हर्षकासाथ डोरीहरूले वेदीका सिङहरूमा बाँध!
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुनै परमेश्वर हुनुहुन्छ। अनि उहाँले हामीलाई ग्रहण गर्नु हुन्छ। भेंडाका पाठालाई बलिदानको लागि बाँध अनि यसलाई वेदीको सींङ तर्फ ल्याऊ।”