Psalms 12:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, हामीलाई सहायता गर्नुहोस्! एक जना पनि असल मानिस रहेको छैन, अचेल इमानदार मानिसहरू पाइँदैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्ति शिमिनिथअनुसार दाऊदको भजन [1] गुहार, हे परमप्रभु, किनभने भक्तजन अब बाँकी छैनन्। मानिसका बीचबाट विश्वासीहरू लोप भइसकेका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, सहायता गर्नुहोस्; किनकि भक्तजन एकै जना पनि रहेनन्; विश्वासयोग्यहरू मानिसहरूका बीचबाट मासिसकेका छन्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु मलाई बचाउनु होस्! अब धार्मिक मानिसहरू छैनन्। त्यहाँ पृथ्वीमा रहेका मानिसहरूमा कोही पनि साँच्चो विश्वासी रहेनन्।