Psalms 123:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसरी चाकर आफ्‍ना मालिकमाथि भर पर्दछ वा चाकर्नी आफ्‍नी मालिकनीमाथि भर पर्दछे, त्‍यसरी नै हे परमप्रभु हाम्रा परमेश्‍वर, तपाईंले हामीलाई कृपा देखाउञ्‍जेलसम्‍म हामी तपाईंलाई हेरिरहनेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी दासहरूका आँखा आफ्‍ना स्‍वामीको हाततिर हुन्‍छन्‌, जसरी दासीहरूका आँखा आफ्‍नी स्‍वामिनीको हाततिर रहन्‍छन्‌, त्‍यसरी नै जबसम्‍म उहाँले हामीमाथि कृपा गर्नुहुन्‍न, तबसम्‍म हाम्रा आँखा परमप्रभु हाम्रा परमेश्‍वरतिर रहन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी सेवकहरूका आँखाले आफ्ना मालिकका हाततिर हेर्दछन्, जसरी सेविकाले आफ्नी मालिक्नीका हाततिर हेर्दछे, त्यसरी नै उहाँले हामीमाथि दया नगरुन्जेल, हाम्रा आँखाहरूले, याहवेह हाम्रा परमेश्‍वरतिर हेर्दछन्।
Nepali ERV (पवित्र बाइबल)
दासहरू आफ्ना आवश्यकताको निम्ति उनीहरूको स्वामीमाथि भर पर्दछ।