Psalms 125:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ज-जसले परमप्रभुमा भरोसा राख्‍छन्, तिनीहरू कहिले नहल्‍लिने र नसर्ने सियोन पहाडजस्‍तै हुन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यात्राको गीत [1] परमप्रभुमा भरोसा राख्‍नेहरू सियोन पर्वतझैँ छन्‌, जसलाई हल्‍लाउन सकिँदैन तर सदासर्वदै स्‍थिर रहन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहमा भरोसा राख्नेहरू सियोन पर्वतझैँ छन्, जो कहिल्यै डगमगाउँदैनन्; तर सदासर्वदा स्थिर रहन्छन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू जसले परमप्रभुमाथि भरोसा राख्दछन् तिनीहरू सियोन पर्वत जस्तो हुनेछन्। तिनीहरू कहिल्यै पनि हल्लिने छैनन। तिनीहरू सदा-सर्वदा रहनेछन्।