Psalms 126:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी कति हाँस्‍यौं, कति खुसीले गायौं! र अरू जातिहरूले हाम्रा बारेमा भने: “परमप्रभुले तिनीहरूको लागि महान् कार्यहरू गर्नुभयो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब हाम्रो मुख हाँसोले, र हाम्रो जिब्रो आनन्‍दको आवाजले भरिए। तब जातिहरूका बीचमा यसो भनियो, “परमप्रभुले तिनीहरूका निम्‍ति महान्‌ काम गर्नुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला हाम्रा मुहारहरू हाँसोले भरिए; हाम्रा जिब्राहरू हर्षका गीतले भरिए। तब जाति-जातिहरूका बीच यसो भनियो, “याहवेहले तिनीहरूका निम्ति महान् कार्यहरू गर्नुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
हामी हर्षोल्लासले हाँसिरहेको हुने छौ र खुशीका गीतहरू गाउने छौ! अन्य सम्प्रदायका मानिसहरूले भन्नेछन्, “परमप्रभुले इस्राएल का मानिसहरूका निम्ति अद्भूत काम गर्नुभयो।”