Psalms 131:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, मैले आफ्नो घमण्ड छोडेको छु र अहङ्कारदेखि मुख फर्काएको छु। ठूल्ठूला कुराहरू वा मलाई बुझ्न अति गाह्रो पर्ने विषयहरूसँग मेरो केही वास्ता छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यात्राको निम्ति दाऊदको गीत [1] हे परमप्रभु, मेरो हृदय अहङ्कारी छैन, मेरा आँखा घमण्डी छैनन्। आफूले नभ्याउने कुराहरू अनि उदेकका थोकहरूमा म आफैलाई अल्झाउँदिनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, मेरो हृदय घमण्डी छैन, मेरा आँखाहरू हठी छैनन्; म ठूला-ठूला कुराहरू अथवा आफूले पाउनै नसक्ने कुराहरूमा आफूलाई अल्झाउँदिनँ।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, म अंहकारी छैन। म आफूलाई महत्व दिने काम गर्दिन। म महानकार्य गर्ने कोशिश गर्दिन म ती कठिन-कार्यहरूको जुन कार्यहरू गर्नु मेरो निम्ति असम्भव छ।