Psalms 132:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले दाऊदसँग एउटा गम्‍भीर प्रतिज्ञा गर्नुभयो; यो प्रतिज्ञा कहिल्‍यै तपाईं फिर्ता लिनुहुनेछैन: “म तेरो छोराहरूमध्‍ये एउटालाई राजा बनाउनेछु, तँपछि त्‍यसले राज्‍य गर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले दाऊदसँग एउटा गंभिर शपथ खानुभयो, जसबाट उहाँ तर्किनुहुन्‍न: “म तेरो सिंहासनमा तेरा छोराहरूमध्‍ये एक जनालाई बसाल्‍नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले दावीदसँग शपथ खानुभयो; एउटा पक्‍का शपथ, जुन उहाँले फिर्ता लिनुहुनेछैन: “म तेरो सिंहासनमा तेरा सन्तानहरूमध्ये एक जनालाई बसाल्नेछु।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले दाऊदप्रति एक प्रतिज्ञा गर्नु भएथ्यो। परमप्रभुले दाऊदप्रति विश्वासी रहन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो। परमप्रभुले वचन दिनु भएको थियो कि दाऊद कै परिवारबाट राजाहरू आउने छन्।