Psalms 133:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो त दामी अभिषेकको तेल हारूनको टाउकोदेखि दाह्रीसम्‍म बहेको र त्‍यहाँबाट पनि उसका वस्‍त्रको कठालोसम्‍मै झरेको जस्‍तो हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो त शिरमा लगाइएको मूल्‍यवान्‌ तेलजस्‍तो हुन्‍छ, जो हारूनको दाह्रीसम्‍म बगिआउँछ, जो तिनका पोशाकको कठालोसम्‍मै बगेर जान्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो त शिरमा खन्याइने मूल्यवान् तेलजस्तो हुन्छ, जो दाह्रीसम्म बगेर जान्छ, हारूनको दाह्रीसम्म बगेर जान्छ, जो उनका पोशाकको कठालोसम्मै बगेर जान्छ।
Nepali ERV (पवित्र बाइबल)
हारूनको शिरमा पोखिएको यो एक सुगन्धित तेल जस्तो लाग्छ। त्यो तेल उनको दाह्रीबाट झर्दै उनको विशेष लुगाहरूमा बहन्छ।