Psalms 139:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तपाईंको प्रशंसा गर्दछु किनभने हामीले तपाईंको डर मान्नु पर्दछ, तपाईंका सबै काम उदेकका र अचम्मका छन्, यी सबै कुरा म आफ्नो हृदयबाट जान्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्भुत छन्, र त्यो कुरा म पूर्ण रूपले जान्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तपाईंलाई प्रशंसा गर्दछु; किनकि म भयानक र अद्भुत तरिकाले बनिएको छु; तपाईंका कार्यहरू अद्भुत छन्, म त्यो राम्ररी जान्दछु।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, म तपाईंको प्रशंसा गर्छु। तपाईंले मलाई आश्चर्यपूर्वक र अपूर्व प्रकारले बनाउनु भयो। म खुब जान्दछु कि जे तपाईंले गर्नुभयो, आश्चयपूर्ण छ।