Psalms 139:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो जन्‍म हुनुभन्दा अघि नै तपाईंले मलाई देख्‍नुभएको हो, मेरा आयुका दिनहरू सुरु हुनुभन्दा अघि नै तपाईंको पुस्‍तकमा लेखिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्‍ति नियुक्त गरिएको आयु तपाईंको पुस्‍तकमा लेखिएको थियो। त्‍यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तपाईंका आँखाले मेरो नबनिएको त्यो शरीरलाई देखे; मेरा निम्ति तोकिएका दिनहरू तपाईंको पुस्तकमा लेखिएका थिए; तीमध्ये एउटै कुरा पनि अस्तित्वमा आउनअगि सबै लेखिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले मेरो अंग-प्रत्यंग बढदै गरेको नियाल्नु भयो, तपाईंले आफ्नो पुस्तकमा ती कुराहरू लेख्नु भयो। तपाईंले प्रत्येक दिन मलाई नियाल्नु भयो। कुनै दिन पनि त्यसै खाली गएन।