Psalms 14:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सियोनदेखि विजय इस्राएलकहाँ आओस् भनी म कति प्रार्थना गर्दछु, परमप्रभुले तिनीहरूलाई फेरि धनी बनाउनुहुँदा इस्राएलका मानिसहरू कति खुसी हुनेछन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलको उद्धार सियोनबाट आएको भए कति असल हुनेथियो! जब परमप्रभुले आफ्ना मानिसहरूको सुख-शान्ति फर्काइदिनुहुन्छ, याकूब रमाऊन्, र इस्राएल खुशी होऊन्!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहो, इस्राएलको मुक्ति सियोनबाट आएको भए त कति असल हुनेथियो! जब याहवेहले आफ्नो मानिसहरूको सुदिन फर्काइदिनुहुन्छ, तब याकोब रमाओस्, र इस्राएल आनन्दित होस्।
Nepali ERV (पवित्र बाइबल)
सियोनमा इस्राएल लाई बचाउने को छ? परमेश्वर बाहेक कोही पनि छैन! परमप्रभुका मानिसहरूलाई लगियो अनि कैदी बनाइयो। तर परमप्रभुले आफ्ना भक्तजनहरूलाई फर्काएर ल्याउनु हुनेछ, तब याकूब (इस्राएल) खुशी हुनेछ।