Psalms 144:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँ मेरो रक्षक र बचाउनुहुने, मेरो आश्रय र मुक्तिदाता हुनुहुन्छ र आफ्नो रक्षाको लागि म उहाँमाथि भरोसा राख्दछु। उहाँले जाति-जातिहरूलाई दमन गरेर मेरो अधीनमा गराउनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ मेरा करुणामय परमेश्वर र मेरो किल्ला हुनुहुन्छ, मेरो गढ़ र मेरो उद्धारक। उहाँ मेरो ढाल, उहाँमा नै म शरण लिन्छु। उहाँले मानिसहरूलाई मेरो अधीनमा पार्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ मेरो प्रेमिलो परमेश्वर, र मेरो किल्ला हुनुहुन्छ; उहाँ मेरो बलियो किल्ला र मेरो उद्धारक, मेरो ढाल, जसमा म शरण लिन्छु, उहाँले जाति-जातिहरूलाई मेरो अधीनमा राख्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मलाई प्रेम गर्नुहुन्छ र मेरो रक्षा गर्नुहुन्छ। परमप्रभु नै त्यो उच्च पर्वतमा मेरो सुरक्षाको जग्गा हुनुहुन्छ। परमप्रभुले मलाई मुक्ति दिनुहुन्छ। परमप्रभु मेरो ढाल हुनुहुन्छ। म उहाँमा भरोसा राख्दछु परमप्रभुले मलाई आफ्ना मानिसहरूमाथि राज्य गर्न सघाउनु हुन्छ।