Psalms 145:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको राज्‍यको अन्‍त छैन र तपाईं सदासर्वदाको लागि राजा हुनुहुन्‍छ। परमप्रभुले आफ्‍ना प्रतिज्ञाहरू पूरा गर्न विश्‍वासयोग्‍य हुनुहुन्‍छ र उहाँ आफ्‍ना सबै कामहरूमा दयालु हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंको राज्‍य अनन्‍तको राज्‍य हो, र तपाईंका प्रभुत्‍व पुस्‍तौँ-पुस्‍तौँसम्‍म रहिरहनेछ। परमप्रभु आफ्‍ना सबै प्रतिज्ञाहरूमा विश्‍वसनीय हुनुहुन्‍छ, र आफूले रचेका सबै थोकप्रति कृपामय हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको राज्य अनन्तको राज्य हो, र तपाईंको प्रभुत्व पुस्तौँ-पुस्तासम्म रहिरहन्छ। आफ्ना सबै प्रतिज्ञामा याहवेह भरोसायोग्य हुनुहुन्छ, र उहाँले गर्नुहुने सबै थोकप्रति विश्‍वासयोग्य हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु, तपाईंको राज्य सदा-सर्वदा रहनेछ। तपाईंको प्रभुत्व सदा-सर्वदा रहिरहनेछ।