Psalms 145:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँलाई आदर गर्नेहरूका अभावहरू उहाँले भरिदिनुहुन्‍छ, उहाँले तिनीहरूको पुकार सुन्‍नुहुन्‍छ र तिनीहरूलाई बचाउनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको भय मान्‍नेहरू सबैका मनोरथ उहाँले पूरा गर्नुहुन्‍छ, उहाँले तिनीहरूको पुकारा सुन्‍नुहुन्‍छ, र तिनीहरूलाई बचाउनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको भय मान्‍नेहरूका इच्छालाई उहाँले पूरा गर्नुहुन्छ; उहाँले तिनीहरूको पुकार सुन्‍नुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले त्यही गर्नुहुन्छ जो भक्तजनहरूले चाहन्छन्। परमप्रभुले उहाँका भक्तजनहरूले सहायताको निम्ति गरेको पुकार सुन्नु हुन्छ, ध्यान दिनुहुन्छ। उहाँले उनीहरूको प्रार्थनालाई जवाफ दिनुहुन्छ र तिनीहरूलाई बचाउनुहुनेछ।