Psalms 148:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले आफ्नो देशलाई बलियो बनाउनुभयो, त्यसैले उहाँका सबै आफ्ना जनहरूले, ती इस्राएलका मानिसहरू, जो उहाँका अति प्रिय छन्, तिनीहरूले उहाँको प्रशंसा गर्छन्। परमप्रभुको प्रशंसा गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले आफ्ना मानिसहरूका निम्ति एउटा सीङ खड़ा गर्नुभएको छ, जो उहाँका पवित्रजनहरू, उहाँको हृदयका नजिक रहने इस्राएलका प्रशंसा हुन्। हल्लेलूयाह!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले आफ्ना जातिहरूका निम्ति एउटा सिङ खडा गर्नुभएको छ; इस्राएलका सबै विश्वासयोग्य सेवकहरूका प्रशंसाको निम्ति, जो उहाँको हृदयका नजिक रहन्छन्। याहवेहको प्रशंसा गर!
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले आफ्ना मानिसहरूलाई बलियो बनाउनु हुनेछ। मानिसहरूले परमेश्वरका चेलाहरूको प्रशंसा गर्नेछन्। मानिसहरूले इस्राएल लाई प्रशंसा गर्नेछन्। तिनीहरूकै लागि परमेश्वरले लड्नु भयो। परमप्रभुको प्रशंसा गरौं!