Psalms 16:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अन्‍य देवताहरूतिर दगुर्नेहरूले आफैंमाथि धेरै कष्‍ट ल्‍याउँछन्। म तिनीहरूको बलिदानमा केही भाग लिनेछैनँ, म तिनीहरूका देवतालाई पुज्‍नेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अरू देवताको अनुसरण गर्नेहरूले आफ्‍ना दु:ख बढ़ाउँछन्‌। ती देवताहरूलाई रक्त-बलि म चढ़ाउनेछैनँ, अनि तिनीहरूका नाउँ मेरो ओठले उच्‍चारण गर्नेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अरू देवताहरूको पछि लाग्नेहरूको दुःख बढ्दैजानेछ। म ती देवताहरूलाई रक्तबलि चढाउनेछैनँ। न त तिनीहरूका नाम मेरो ओठले उच्‍चारण गर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
तर जसले परमेश्वरलाई त्यागे र अन्य देवताहरू पुज्न थाले तिनीहरूले कष्ट पाउने छन्। तिनीहरूले मूर्तिहरूमा चढाएको रक्तबलिमा म सहभागी हुने छैन। म ती मूर्तिहरूको नाउँ समेत लिने छुइनँ।