Psalms 17:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आउनुहोस्, परमप्रभु, मेरा शत्रुहरूसँग लड्नुहोस् र तिनीहरूलाई हराउनुहोस्। आफ्नो तरवारले मलाई दुष्टहरूबाट रक्षा गर्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, उठ्नुहोस्, तिनीहरूको सामना गर्नुहोस्, तिनीहरूलाई पराजित गरिदिनुहोस्। आफ्नो तरवारद्वारा मेरो प्राणलाई दुष्टहरूबाट छुटाउनुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, उठ्नुहोस्, तिनीहरूको सामना गर्नुहोस्; तिनीहरूलाई पराजित गरिदिनुहोस्; आफ्नो तरवारले मलाई दुष्टहरूबाट बचाउनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, उठ्नुहोस र शत्रुतर्फ जानु होस्। तिनीहरूलाई आत्मासमर्पण गर्न बाध्य पार्नुहोस्। तपाईंको आफ्नो तरवार चलाउनु होस् र ती दुष्ट मानिसहरूबाट मलाई बचाउनुहोस्।