Psalms 17:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जीवनमा आफूले चाहेका सम्पूर्ण कुराहरू पाउन सक्ने मानिसहरूदेखि मेरो रक्षा गर्नुहोस्। तिनीहरूको लागि तपाईंले जम्मा पारीराख्नुभएको पीडाले तिनीहरूलाई दण्ड दिनुहोस्। त्यस्तो दण्ड तिनीहरूका सन्तानसम्मलाई पुग्ने गरी होस् र तिनीहरूका नाति-नातिनाको लागि पनि केही उब्रोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, तपाईंको बाहुलीद्वारा यस्ता मानिसहरूबाट मलाई बचाउनुहोस्, यी संसारका मानिसहरूबाट जसको पुरस्कार यस जीवनकालमा सीमित छ। तपाईंले कदर गर्नुभएकाहरूको भोक शान्त गर्नुहुन्छ। तिनीहरूका छोराहरूका लागि प्रशस्त छन्, आफ्ना बालबच्चाका लागि तिनीहरूले धन-सम्पत्ति थुपारेर राख्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, जसको पुरस्कार यस संसारको जीवनकालमा सीमित छ, संसारका यस्ता मानिसहरूबाट तपाईंको बाहुलीले मलाई बचाउनुहोस्। तपाईंले साँचेर राख्नुभएका थोकहरूले दुष्टहरूको पेट भरिएको होस्; तिनीहरूका छोराछोरीहरूले प्रशस्त खानेकुरा हसुरून्, र तिनीहरूका आफ्ना भावी छोराछोरीहरूका लागि पनि प्रशस्त रहोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, तपाईंको शक्ति प्रयोग गर्नुहोस् र दुष्ट मानिसहरूलाई यस धर्तीमा बस्ने प्राणीहरूबाट हटाउनुहोस्। हे परमप्रभु, प्रशस्त मानिसहरू तपाईं कहाँ सहायता माग्न आउँछन्। ती मानिसहरूको यो जीवनभित्र प्रचुर केही पनि छैन। ती मानिसहरूलाई प्रशस्त खानेकुरा दिनु होस्। तिनीहरूका नानीहरूलाई चाहे जति सबै दिनुहोस्। ती नानीहरूलाई यति प्रशस्त खानेकुराहरू दिनुहोस्, तिनीहरूका भावी सन्तानलाई पनि पुगोस्।