Psalms 19:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरूको आवाज सारा संसारमा पुग्‍दछ र पृथ्‍वीको अन्‍तसम्‍मै सुनिन्‍छ। परमेश्‍वरले आकाशमा घामको लागि ठाउँ राख्‍नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूको सोरले सारा पृथ्‍वी गुञ्‍जायमान छ, तिनीहरूका शब्‍द पृथ्‍वीको सीमान्‍तसम्‍मै पुगेका छन्‌। उहाँले आकाशमा सूर्यको निम्‍ति एउटा वासस्‍थान बनाउनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तरै पनि तिनीहरूका सोर सारा पृथ्वीभरि पुग्दछ; तिनीहरूका आवाज संसारको अन्त्यसम्म पुगेका छन्। परमेश्‍वरले आकाशमा सूर्यको निम्ति एउटा वासस्थान बनाउनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
तर तिनीहरूको “स्वर” सारा संसारभरि फैलिएर जाँदछ। तिनीहरूका “वचनहरू” पृथ्वीको कुना-कुनासम्म पुग्छन्। घामको लागि आकाश घर सरह हुँन्छ।