Psalms 19:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आकाश पार गरी त्‍यो अर्को कुनामा पुग्‍दछ र त्‍यसको तापदेखि कोही पनि लुक्‍न सक्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आकाशको एक छेउमा उसको उदय हुन्‍छ, र अर्को सीमासम्‍म परिक्रमा गर्छ। त्‍यसको तापबाट केही कुरा लुकेर रहँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो आकाशको एक कुनाबाट उदाउँछ, र अर्को कुनासम्म चक्‍कर लगाउँछ; त्यसको तापबाट कुनै कुरो लुकिरहन सक्दैन।
Nepali ERV (पवित्र बाइबल)
घामले आफ्नो यात्रा एक क्षितिजबाट थालेर अर्को क्षितिजमा शेष गर्छ। यसको तापबाट केही पनि लुक्दैन। परमप्रभुको उपदेशहरू पनि त्यस्तै छ।