Psalms 20:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब म जान्‍दछु कि परमप्रभुले आफूले चुन्‍नुभएको राजालाई विजय दिनुहुन्‍छ; आफ्‍ना पवित्र स्‍वर्गदेखि उनलाई उत्तर दिन्‍छ र आफ्‍नो शक्तिद्वारा उनलाई ठूल्‍ठूला विजय दिनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब मलाई थाहा भयो, कि परमप्रभुले आफ्‍ना अभिषिक्तलाई सहायता गर्नुहुन्‍छ। उहाँले आफ्‍नो दाहिने बाहुलीको उद्धार गर्ने शक्तिद्वारा आफ्‍नो पवित्र स्‍वर्गबाट उनलाई उत्तर दिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब मलाई थाहा भयो: याहवेहले आफ्ना अभिषिक्त जनलाई विजय दिनुहुन्छ। उहाँले आफ्नो दाहिने बाहुलीको उद्धारको शक्तिद्वारा आफ्नो पवित्र स्वर्गबाट अभिषिक्त जनलाई जवाफ दिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
अब म जान्दछु आफूले रोजेका राजालाई परमप्रभुले सहयोग गर्नुहुन्छ! परमेश्वर आफ्नो पवित्र स्वर्गमा हुनुहुन्छ अनि आफूले रोजेका राजालाई जवाफ दिनुहुन्छ। परमेश्वरले बचाउन आफ्नो महान् शक्ति चलाउनु हुन्छ।