Psalms 20:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती मानिसहरू ठेस खाएर लड्‍नेछन्। तर हामी उठेर दृढ खडा रहनेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू रन्‍थनिएर जमिनमा लोट्‌नेछन्‌, तर हामीहरू त खड़ा हुनेछौं र सोझा उभिनेछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू निहुरेर भुइँमा घुँडा टेक्नेछन्, तर हामीहरूचाहिँ खडा हुनेछौँ र सीधा उभिनेछौँ।
Nepali ERV (पवित्र बाइबल)
ती अन्य मानिसहरू पराजित भए, तिनीहरू युद्धमा मारिए। तर हामीले जित्यौं! हामी विजेता हौं।