Psalms 21:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु! तपाईंले शक्ति दिनुभएको हुनाले राजा प्रसन्न छन्, उनले आनन्द गर्छन् किनभने तपाईंले उनलाई विजयी बनाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्ति दाऊदको भजन [1] हे परमप्रभु, तपाईंकै सामर्थ्यमा राजा आनन्दित छन्, र तपाईंले दिनुभएका विजयहरूमा उनी अति उल्लसित छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, तपाईंको सामर्थ्यमा राजा रमाउँछन्, तपाईंले दिनुभएको विजयमा उहाँ अति धेरै आनन्दित छन्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, तपाईंको बलले राजालाई खुशी पार्छ। जब तपाईं उसलाई बचाउनु हुन्छ ऊ अति नै खुशी हुन्छ।